काठमाडौं, माघ १३- अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टर दुर्घटनामा ब्रायन्टसँगै उनकी छोरी गियाना र नौ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ । लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीको रुपमा लिइन्थ्यो ।
सन् २०१६ मा सन्यास लिएका ब्रायन्टले आफ्नो २० वर्षे करियरमा लस एन्जेल्स लाकेर्सको तर्फबाट खेल्दै आएका थिए ।
सन् २००८ मा सबैभन्दा महान खेलाडी र दुई पटक एनबीए फाइनलमा एमवीपीको पद हासिल गरेका ब्रायन्ट दुई पटक ओलम्पिक च्याम्पियन पनि बनेका थिए ।
एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।
ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन् ।
FACEBOOK COMMENTS