मदन तिमल्सेना ,
तनहुँ , २१ असार- आईतबार होटल ब्यबसायी संघ तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत प्रधानमन्त्री कार्यालय, सिंहदरबार, काठमाडौंलाई ज्ञापनपत्र बुझाएको छ ।
विश्व व्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसका कारण विश्व आक्रान्त बन्न पुगेको बेलामा
होटल ब्यबसायी महासंघ मातहतका ७७ ओटै जिल्लामा सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार तनहुँमा पनि संघले ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा होटल ब्यबसायी संघ तनहुँले आफ्ना समस्या र मागलाई समेटेको छ ।
लकडाउनको समयभरिको घरभाडा पूर्ण छुट हुनपर्ने , संक्रमणकाल रहुन्जेल सम्म ५० प्रतिशत छुट हुनुपर्ने , संक्रमणकाल रहुन्जेलसम्म बिजुली, पानी महसुल १ बर्षको लागि छुट र टेलिफोन, ईन्टरनेट लगाएतमा विशेष छुटको व्यवस्थाहुनुपर्ने, १ बर्षको कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिनुपर्ने लगायतका माग रहेको होटल व्यवसायी महासंघ तनहुँका अध्यक्ष दुर्गा विलास भट्टराईले जनाए । उक्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले होटल व्यवसायीहरुका मागहरुका बारे प्रधानमन्त्री कार्यालयलाई जानकारी दिने बताएका छन ।
FACEBOOK COMMENTS