मदन तिमल्सेना
तनहु, ४ फागुन- तनहुँको वन्दिपुर गाउँपालिकाको ठुलोढुङ्गा स्थित डाँफे होटलका संचालक माथि शुक्रबार राति होटलमै आक्रमण भएको छ। आक्रमणबाट घाइते हुने होटल संचालक लालकाजी गुरुङ ९सन्त० रहेका छन्। फागुन २ गते शुक्रबार राति आफ्नै होटलमा खाना खाइरहेको अवस्थामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले व्यवसायी गुरुङमाथि एक्कासि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अज्ञात व्यक्तिको आक्रमणबाट गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार पश्चात् थप उपचारकोलागि काठमाडौं लगिएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। आक्रमण गर्ने अज्ञात व्यक्तिको खोजी कार्य जारी रहेको पनि उनले बताए ।
रडले आक्रमण गर्दा व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणको क्रममा गुरुङको श्रीमती समेतको हात भाँचिएको छ। आक्रमण गरेर भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै क्षेत्रीय होटल संघ तनहुँले विज्ञप्ति जारी गरेको छ।
पारिवारिक श्रोतका अनुसार शुक्रबार दिउँसो डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङ र लोक गायक प्रकाश कटुवाल बीच होटल अगाडि आएर उल्टि गरेको विषयमा विवाद भएको र यसै विषयका कारण कटुवालले आक्रमण गराएको भन्दै लोक गायक कटुवाललाई कारबाहीमा ल्याउन माग गरेको हुँदा सोधपुछको लागी जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित गराइएको छ र सोधपुछ जारी रहेको बताइएको छ। यता लोक गायक कटुवालले भने सामान्य विवाद भएकोमा पछि सहमति भर्इ हात मिलाएर आफू त्यहाबाट पोखरा हिडेको हुँदा आफुलाई त्यस विषयमा नमुछ्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS