१९ असार २०२७ सालमा स्याङ्जाको आँधीखोला गाउँपालिका–६ (साविक : फापरथुङ–३) मा जन्मिएका गोविन्द ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा डेभलपमेन्ट बैंकर एसोसिएशनका अध्यक्ष हुन् ।
आफ्नी आमाको जेठो छोरा उनी बुबाका काईंलो छोरा हुन् । गाउँकै भगवती प्राथमिक विद्यालयबाट पढाई शुरू गरेका ढकालले घरभन्दा डेढ घण्टा टाढाको प्रद्युम्न पनेरु उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेका थिए ।
सानैदेखि अध्ययनमा अब्बल ढकाल कक्षा १० सम्म सधैं प्रथम हुँदै आए । त्यसमाथि हरेक पटक प्रथम हुँदा आफ्नो बुबाले दिने नगदी पुरस्कारले उनलाई पढ्नमा थप हौसला दिइरहेको हुन्थ्यो । त्यसो त उनका बुबा पनि पढलेखेकै व्यक्ति थिए । ढकाल जन्मिँदा उनका बुबा मालपोत कार्यालय वीरगञ्जमा डिठ्ठा पदमा कार्यरत थिए ।
तर, जागिरका लागि आफू घरबाहिर रहँदा छोरा–छोरीको पढाइमा कमी आउने महसुश गरेर उनका बुबाले उक्त जागिरबाट राजीनामा दिए । वीरगञ्जबाट स्याङ्जा फर्किएपछि कृषि पेसा अँगालेर दुःखजिलो गर्दै आफ्ना बुबाले आफूहरूलाई पढाएको गोविन्द सम्झिन्छन् । बुबा–आमाको प्रत्यक्ष रेखदेखमा अध्ययन गर्ने अवसर पाएसँगै गोविन्द र उनका दाजुभाइले पढाईमा अब्बलता देखाउँदै गए ।
पढाइमा सधैं पहिलो बन्दै आएका ढकालले एसएलसी परीक्षामा भने थोरै अङ्क अपुगका कारण दोस्रो श्रेणीमा चित्त बुझाउनुप¥यो, तर विद्यालयका सम्पूर्ण उत्तीर्ण विद्यार्थीमध्ये कसैले पनि पहिलो श्रेणी प्राप्त नगरेका कारण उनको अङ्क पहिलो स्थामै थियो । त्यति हुँदाहुँदै पनि आफ्ना बुबाले आफ्नो नतिजाप्रति केही चित्त दुःखाएको उनी बताउँछन् । उनले २०४३ सालमा गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।
त्यसपछि कास्कीको पोखराथित पृथ्वीनारायण क्याम्पसबाट उनले आईकम र बीकम (बीबीए) अध्ययन गरेका छन् । विज्ञान विषय पढोस् भन्ने आफ्नो बुबाको इच्छाविपरीत साथीभाइको लहैलहैमा लागेर उनले म्यानेजमेन्ट पढेका हुन् ।
उच्च शिक्षाका लागि उनले साइन्स, फरेष्ट्री र म्यानेजमेन्ट तीनवटै संकायमा नाम निकालेका थिए । तर, भर्ना हुने बेलामा सबै साथीहरूले म्यानेजमेन्ट रोजेपछि उनले साइन्स र फरेष्ट्री छोडेर म्यानेजमेन्ट पढे । उनको आफूखुशी निर्णयबाट रिसाएका बुबाले पढाई र खाना खर्च नै दिएनन् । पछि उनका दाजुले बुबालाई सम्झाइबुझाइ गरेपछिमात्रै आफूले निरन्तर पढ्न पाएको उनी बताउँछन् ।
नवलपरासीबाट वित्तीय क्षेत्रमा आफ्नो सेवा शुरू गरेका उनले शुरूवाती चरणमा ग्रामीण इलाकामा अनेक दुःख पनि झेलेका छन् । काममा सन्तुष्टि भए पनि दुःख महसुश भइरहन्थ्यो । त्यसपछि स्याङ्जामा सरुवा पाएका उनले १८ महिना काम गरे । आफूले काम गरेको शाखा राम्रो पनि बनाएको दाबी उनको छ ।
यद्यपि, उनले म्यानेजमेन्ट पढेर त्यसको उपयोगितालाई अहिले पुष्टि गरिदिएका छन् र राष्ट्रियस्तरको विकास बैंकलाई विगत १३ वर्षदेखि कुशल नेतृत्व प्रदान गरिरहेका छन् । आफ्नो जिम्मेवारीभित्रको कामलाई इमानदार ढङ्गले पूरा गर्नुपर्छ भन्ने मुल मान्यता बोकेका ढकाल सबैसँग मैत्रीपूर्ण व्यवहार गर्न रुचाउँछन् ।
खर्चालु स्वाभावका उनले ट्युशन पढ्न पठाएको पैसा फजुल खर्च गरेर सकाउँथे । तर, पढाईमा कहिल्यै सम्झौता पनि गर्दैनथे । ट्युशनका लागि आएको पैसा अन्यत्रै खर्च गरेपछि उनी रातभर पढ्थे र राम्रो नतिजा हासिल गरेरै छाड्थे । बुबाले पठाएको पैसामा चिटिङ गरेर मात्रै आफ्नो खर्च नधानिने भएपछि उनले पोखराकै एक होटेलमा एकाउन्टेन्टको काम गर्न थाले ।
जुनसुकै काममा इमानदार ढङ्गले प्रस्तुत हुने गरेका ढकालले दुई महिनामै सञ्चालकहरूको मन जितेर १ हजार २०० रूपैयाँबाट शुरू भएको पारिश्रमिक ३ हजार रूपैयाँमा उकासे । साथै केही समयपछि उनलाई पारिश्रमिक मात्रै होइन पद नै बढुवा गरेर म्यानेजरको जिम्मेवारी दिइयो । पाँच वर्षसम्म उक्त होटेलमा जागिर गरेका उनले स्नातकोत्तर तहको पढाई काम गर्दागर्दै पूरा गरे ।
त्यसैबीच भर्खरै शुरू भएको ग्रामीण विकास बैंकले सातौं तहका लागि कर्मचारीको आवेदन माग गरेको थियो । आफूसहित धेरैजना साथीहरूले सँगै उक्त पदका लागि परीक्षा दिएका भए पनि उनको मात्रै नाम निस्किन सफल भयो । त्यसपछि होटेल छोडेर २०५४ सालदेखि बैंंकको जागिर शुरू गरे ।
नवलपरासीबाट वित्तीय क्षेत्रमा आफ्नो सेवा शुरू गरेका उनले शुरूवाती चरणमा ग्रामीण इलाकामा अनेक दुःख पनि झेलेका छन् । काममा सन्तुष्टि भए पनि दुःख महसुश भइरहन्थ्यो । त्यसपछि स्याङ्जामा सरुवा पाएका उनले १८ महिना काम गरे । आफूले काम गरेको शाखा राम्रो पनि बनाएको दाबी उनको छ ।
यसरी १३ वर्षसम्म ग्रामीण विकास बैंकमा काम गरेका उनले स्थापना भएको ७ महिनापछि ३५ वर्षको उमेरमा गरिमा विकास बैंकमा सेवा प्रवेश गरे । तीन जिल्लामा कार्यक्षेत्र भई स्याङ्जामा प्रधान कार्यालय रहेको बैंकमा उनले म्यानेजरको जिम्मेवारी पाए ।
१३ वर्षको अन्तरालमा उनले गरिमा बैंकलाई ८ करोडको पोर्टफोलियोबाट १ खर्ब १० अर्बमा पुर्याएका छन् । त्यस्तै ३ वटा शाखाबाट १०६ वटासहित अहिले मेचीमहाकालीसम्म गरिमा विकास बैंकको उपस्थिति छ ।
धेरै साथीहरूले त्यो बेलामा किन गरिमा बैंकमा जागिर खान गएको भनेर प्रश्न पनि गरेको उनी सुनाउँछन् । तर, उनी डराएनन्, काम गर्दै अगाडि बढे । काम शुरू गरेको ४ महिनापछि त्यहाँको सीईओले राजीनामा दिएपछि उनलाई उक्त पदको अफर आयो, तर उनले बैंकको उक्त प्रस्ताव इन्कार गर्दै अर्कै सीईओ खोज्न आग्रह गरे । तर पनि बैंकका तत्कालीन अध्यक्ष जलेश्वर पाण्डे र सञ्चालक दिलिपपन्त खनालले मोटिभेट गरेर आफूलाई सीईओ बन्न आग्रह गरेपछि राजी भएको उनको भनाइ छ ।
आफूले नचाहाँदानचाहँदै उनी नेतृत्वमा पुगेपछि ३ जिल्लामा सीमित बैंकलाई १० जिल्लामा कार्यक्षेत्र विस्तार गरे । मर्ज÷एक्युजिसनको नीतिअनुरूप बेनीघाटको निलगिरी विकास बैंकसँग मर्ज तथा सुभेच्छा विकास बैंकलाई गाभेर उनले गरिमा विकास बैंकलाई राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्थापित गराए । राष्ट्रियस्तरको विकास बैंक बनाएर काठमाडौंमा कार्यालय सञ्चालन गर्दा आफू जीवनमा धेरै खुशी भएको बताउँछन् ।
१३ वर्षको अन्तरालमा उनले गरिमा बैंकलाई ८ करोडको पोर्टफोलियोबाट १ खर्ब १० अर्बमा पुर्याएका छन् । त्यस्तै ३ वटा शाखाबाट १०६ वटासहित अहिले मेचीमहाकालीसम्म गरिमा विकास बैंकको उपस्थिति छ । सबैको सहयोगले गर्दा नै आफूले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने मौका पाएको उनको भनाइ छ । आफू सफल हुनुमा परिवारको सबैभन्दा ठूलो भूमिका रहेको ढकाल बताउँछन् ।
लायन्स क्लब इन्टरनेशनल र एम्नेष्टी लगायत महत्वपूर्ण र प्रभावशाली सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध भएर उनले आफूलाई सामाजिक गतिविधिहरूमा संलग्न गराउँदै आएका छन् ।
FACEBOOK COMMENTS