काठमाडौं, १६ फागुन- दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । बिहीबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराईएको हो ।
फागुपुर्णिमाको अवसरमा आगामी चैत ६ गते रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता) ले दमौलीमा संयुक्त रुपमा होली महोत्सवको आयोजना गर्न लागेको जानकारी पत्रकार सम्मेलन माझ गराईएको छ ।
एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना अादान प्रदान गर्ने र सामाजिसद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए । मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव अायोजना गर्न लागिएको श्रेष्ठले प्रष्ट पारे ।
सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लगायतका खेलहरु पनि महोत्सवमा समाबेश गरिने छ ।होलीलाई विशेष बनाउनका लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । साथै उक्त महोत्सवमा जुम्वा र एरोबिक्स, डिस्को जक्की सहितको गीत र नाच, विभिन्न परिकारका फुड स्टल, म्यूजिकल रेन डान्स, फेस पेन्टिङ, ब्यास नगरपालिकाको अग्नी नियण्त्रण सम्यन्त्र प्रदर्शनी समेत हुने बताईएको छ । १४ घण्टा सम्म चल्ने यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । पानीको फोहोरा समय समयमा ठाउँ ठाउँमा अाउने हुँदा महोत्सवमा थप आकर्षण बढने आयोजकको दाबी छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहने जनाईएको छ ।
FACEBOOK COMMENTS