पक्राउ परेकाहरुले अफ्रिकी मुलका नागरिक काले भनिने पिटरसँग मिलेर काग गरेको बताएका छन् । पिटरसँग भारत गएको बेला एकपटक मात्र भेट भएको लवाङको भनाइ छ ।
भारतमै छलफल गरेर नेपाल आएका लवाङले पिटरसँग मिलेर काम गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एसएसपी थापाले जानकारी दिए ।
लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले ५ मिलियन डलर (५ अर्ब नेपाली रुपैयाँ) ह्याक गरेर विदेश लैजाने योजनामा थिए ।
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।
लवाङसँगै १२ जना नेपाली पक्राउ परेका छन् । यीनीहरुमध्ये लवाङ मुख्य नाइके रहेको खुल्न आएको छ ।
लवाङले कृषि विकास बैङ्कबाट रकम निकालेका बताएपछि प्रहरीले बैङ्कका कर्मचारीलाई ६ गते भेटेर घटनाबारे जानकारी गरायो । बैङ्कले सुरुमा वास्ता नगरेको प्रहरीको भनाई छ ।
भोलिपल्ट ७ गते पनि प्रहरी टोली कृषि विकास बैङ्क पुग्यो । बल्ल बैङ्क घटनाबारे बुझ्न तयार भयो । घटनाबारे सुनिरहेका बैङ्कका कर्मचारी अचम्ममा परे ।
FACEBOOK COMMENTS