काठमाडौं– हेजिङ सम्बन्धि नियमावली मन्त्रीपरिषदबाट स्वीकृत भएको छ ।
नियमावलीमा एकसय मेगावाट वा त्यो भन्दा धेरै क्षमताको जलविद्युत आयोजनामा लगानी गर्ने विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने व्यवस्था गरेको छ ।
नियमावली अनुसार २०० केभी क्षमताको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनमा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ।
१० किलोमिटर लामो रेल, मेट्रो रेल तथा मोनो रेल निर्माणमा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ। ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग र मन्त्रिपरिषदले तोकेका अन्य परियोजनामा हेजिङ सुविधा उपलब्ध हुनेछ।
नियमावली अनुसार स्वीकृत परियोजनाले विदेशी लगानीस्वरुप प्राप्त हुने रकम जम्मा गर्न बैंकमा निवेदन दिनुपर्नेछ।
यसरी जम्मा भएको विदेशी मुद्रालाई बैंकले जुन विनिमय दरमा नेपाली मुद्रामा परिवर्तन गरेको हो त्यही विनिमय दरमा घटबड नहुने गरी स्थिर लक गर्नेछ।
यसरी लक गरिदएको विनिमय दरमा सम्झौता अनुसार विदेशी ऋण बापतको रकम फिर्ता भुक्तानी पाउने गरी बैंकले लगानीकर्तालाई हेजिङ सुविधा उपलब्ध गराउने नियमावलीमा भनिएको छ।
नियमावलीअनुसार दिइएको हेजिङ अवधि आयोजनाको प्रकृतिअनुसार बढिमा १० वर्षसम्मको मात्रै हुने नियमावलीमा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS