काठमाडौँ, साउन २३ – प्रभु बैंक लिमिटेडको प्रति ऋणपत्र रु. १ हजार अंकित मूल्यका २० लाख कित्ता डिवेन्चर सार्वजनिक गरेको छ ।
कुल रु.२ अर्ब मध्ये ८ लाख कित्ता डिबेन्चर अर्थात कुल रु. ८० करोड ऋणपूँजी रकम (५% अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषलाई बाइँफाँट गरेको थियाे ।
बाँकी ७६ करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरेको तथा १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो ।
उक्त ऋणपत्रमा कम्पनीले माग गरे भन्दा बढी ऋणपत्र खरिदका लागि आवेदन प्राप्त भए पश्चात बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS