काठमाण्डौँ — एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुपकार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन्।
यो योजना चैत्र १ गतेबाट लागु भएको छ र १० महिनासम्म संचालन हुने छ।
यस योजनामा सामेल हुनका लागि खुद्राबिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ।
FACEBOOK COMMENTS