बसन्त अर्याल
काठमाण्डौं– १० वर्ष भित्र शडक निमार्णको कार्य सक्ने योजना बनाएको बाहिरी चक्रपथ १२ वर्ष हुन लाग्दा डिपिआरको काम समेत पुरा हुन सकेको छैन ।
२०६२÷६३ सालमा १० वर्ष भित्र डिपाआर सहित सडक निमार्ण गर्ने लक्ष्य लिएको चक्रपथ दुर्ई खण्डको डि.पि आर गर्न बाँकी रहेको हो ।
डिपिआर तयार भएको खण्डको पनि चोभार सतुङ्गल खण्डमात्र स्वीकृत भएको बाहिरी चक्रपथ विकास अयोजनाले जनाएको छ ।
सतुङ्गल चोभार खण्डको फाईल शहरी विकास मन्त्रालयमा अड्किएर बसेको छ ।
बाहिरी चक्रपथ विकास अयोजना प्रमुख दिलिप भण्डारीले भने ‘ सतुङ्गल चोभार खण्डको फाईल शहरी विकास मन्त्रालयमा रोकिएर बसेको छ । जग्गामा कित्ताकाटको देखिएको समस्याका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन।’
शहरी विकास मन्त्रालयले फाईलमा केहि अस्पष्टता भएकाले छलफल भैरहेको र केहि समय भित्र यसको टुङ्गो लाग्ने जनाएको छ ।
कित्ताकाटमा समस्या आए पछि आसरकारले भने आयोजनाको वरपर जग्गा कित्ता काट गर्न रोक तथा भौतिक संरचना निमार्णमा रोक लगाएको छ ।
सतुङ्गल चोभार खण्ड ६ अर्बको लागतमा ८ लेनको बाटो बनाउने योजना छ ।
व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्त्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको हो । बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, प्रविधियुक्त र सुविधा सम्पन्न बस्ती बनाउने लक्ष्य छ ।
आव ०५६ र ०५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो ।
कुन खण्डमा कति सडक ?
काठमाण्डौं जिल्लाको चोभार सतुङगल खण्ड ६.६ किमी , सतुङ्गल पैयाँटार १०.९२ किमी, पैयाटार खड्का भद्रकाली ६ किमी, खड्का भद्रकाली सनडोल ६.५ कीमी (डिपिआर नभएको), सनडोल नयाँ पाटी थलीडाँछी ३.९६ किमी रहेको छ । काठमाण्डौ जिल्ला भित्र कुल ३३.९८ किमी रहेको छ ।
त्यस्तै भक्तपुरको १८.६१ किमी शडक मध्ये थली डाँछी भातेढिकुरो ९.५१, भाते ढिकुरो अरनिको राजमार्ग नयाँठिमी ५.६ किमी (डिपिआर नभएको) , अरनिको राजमार्ग दधिकोट सिरुटार ३.५ किमी रहेको छ ।
ललितपुर जिल्लाको लुभु हरिसिद्धि खण्ड ५ किमी, हरिसिद्धि खोकना ८. ९९ किमी रहेको छ ।
FACEBOOK COMMENTS