काठमाडौं, २३ भाद्र – दुई युवाहरुले ११० दिनसम्म निशुल्क खाना खुवाउदै आएको पाइएको छ । कोभिड १९ का कारण छाकको गर्जो टार्न मुश्किलमा पर्दै आएका घर परिवारलाई फुर्जाङबु लामा र चित्र प्रसाद श्रेष्ठले खाना खुवाउदै आएका हुन ।
चैत्र ११ गते देखी शुरु भएको लगडाउन लगत्तै उनीहरु यस अभियानमा जुटेका हुन । चैत्र ११ यता देश भित्र आर्थिक गतिविधीहरु ठप्प प्राय अवस्थामा छ । अत्यावश्यक सेवा बाहेकका अन्य क्षेत्रहरु बन्द रहिरहेको स्थितीमा ज्याला मजदुरी गरेर जीवन धान्दै आएका श्रमिक वर्ग र आश्रित परिवारका सदस्यहरुलाई भोक मेटाउन समस्या परिरहेको अवस्थामा लामा र श्रेष्ठले भोजन कार्यक्रम संचालन गरेका हुन ।
यस अवधीमा उनीहरुले उपत्यका स्थित सुकुम्बासी बस्ती, सिमान्तकृत टोल बस्तीमा मेश संचालन गर्दै आएका छन्। कोभिडको संक्रमण फैलन नपाओस भनेर आफुहरुले भिडभाड नहुने गरि घर दैलोसम्म खाना पुर्याउने गरि अभियान भोजन अभियान चलाएको अभियन्ता चित्र कुमार श्रेष्ठले बताए ।
आफुहरु स्वयं वाहेक पनि आफ्ना नजिकका साथीभाइ, इस्टमित्र, आफन्तजन, छरछिमेकी, शुभेच्छुक-सहयोगी आदीबाट आर्थिक सहयोग उपलब्ध हुँदै आएको श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS