काठमाण्डौँ — नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।
बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ ।
स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् ।
सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् ।
त्यसमा बीमा कम्पनी समेत छन् ।
— कारोबार
FACEBOOK COMMENTS