काठमाडौं, वैशाख २१ – कोरोना भाइरसको संक्रमणपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । आज मंगलबार विज्ञप्ति जारी गरी अस्पतालले दिएको जानकारी अनुसार शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको भए पनि आइसीयूमै राखेर उपचार गरिँदै आएको छ ।
कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको थियो । प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालको भनाइ छ ।
कोमलका साथै उनका पति ज्ञानेन्द्र शाह र नातिनी प्ररणा शाह पनि सोही अस्पतालमा उपचाररत छन् । उनीहरू दुवै जनाको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।
FACEBOOK COMMENTS