काठमाडौं, २२ पुष – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३.५४ अंकले घटेको थियो ।
आज नेप्से ११.०७ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ५७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि १९ पुस २०७७ मा नेप्से २१७५.१२ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १० वटा समूह बढेका छन् ।
FACEBOOK COMMENTS