काठमाडौं, भदौ ११ । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई बाचाइ राख्नका लागि यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले तिजलाई महिला सशक्तिकरणको प्रतिकको रुपमा लिइने भन्दै मेलामार्पmत महिलाद्घारा उत्पादित वस्तु तथा ब्राण्डको प्रदर्शन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन् ।
राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड टे«ड सेन्टर (डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको छ ।
इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि आयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ ।
यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि रहेका छन् । मेलामा अन्तराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउने आयोजकले बताए ।
मेला संयोजक सुमन महर्जनले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यवसायीक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताए ।
प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।
विगत १२ वर्षदेखि तीज मेला आयोजना गर्दै आएको इभेन्ट व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपालका प्रबन्ध निर्देशक महर्जनले महिला उद्यमीहरुलाई सहयोग गर्न र अगाडि बढाउन सहकार्य गर्दै आएको जानकारी दिए ।
नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहेका छन् ।
FACEBOOK COMMENTS