काठमाडौं-नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता भएको छ ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले जलाशययुक्त आयोजनाको पहिलो पीपीएमा हस्ताक्षर गरेका हुन् ।
पीपीए भएकाले आयोजनालार्इ बिजुलीको बजार समस्याको अन्त्य भएको छ । यसबाट आयोजना निर्माणका लागि बाटो खुला भएको छ ।
आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८० अर्थात १२ अप्रिल २०२४ लाई तोकिएको छ ।
व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एसियाली विकास बैंकले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोगले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंकले ८ करोड ५० लाख र सरकार र विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
FACEBOOK COMMENTS