काठमाण्डौँ — लामो समयदेखि दर्ता भएर पूर्णरूपमा सञ्चालनमा आउन नसकेका दुई दर्जनभन्दा बढी निजी उद्योगलाई रुग्ण घोषणा गर्ने सरकारले तयारी गरेको छ।
सरकारले यस वर्ष १४ वटा उद्योग रुग्ण घोषणा गर्ने तयारीमा छ।
औद्योगिक व्यवसाय ऐन २०४९ मा लगातार पाँच वर्षदेखि घाटामा सञ्चालन भएका उद्योग रुग्ण घोषणा गर्ने व्यवस्था छ।
ती उद्योगले उत्पादन क्षमताको २० प्रतिशत वा त्यसभन्दा कम उत्पादन गर्ने उद्योगलाई सरकारले उचित देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रुग्ण उद्योग घोषणा गर्न सक्ने व्यवस्था छ।
सरकारी सुविधा लिन निजी क्षेत्रबाट सञ्चालित उद्योग रुग्ण उद्योग घोषणा (सुविधा)मा आकर्षित देखिएका छन्।
रुग्ण घोषणा भएका उद्योगले आवश्यकता अनुसार विशेष सुविधा पाउँछन्।
मन्त्रिपरिषद् बैठकले त्यस्ता उद्योगको आवश्यकताका अनुसारमा सुविधा दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
सरकारले यसअघि १० वटा उद्योगलाई रुग्ण घोषणा गरेको थियो।
— अन्नपुर्ण
FACEBOOK COMMENTS