काठमाण्डौँ — बैंकिङ प्रणाली गहिरिदै लगानी गएको योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।
बैंकले चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म एक साताको लागि रिपो जारी गर्न लागेको हो। राष्ट्र बैंकले बजारमा पैसा अभाव हुँदा रिपो जारी गर्ने गर्दछ।
यदि बजारमा तरलता बढि देखियो भने रिभर्स रिपोमार्फत पैसा खिच्ने गर्दछ।
रिपो खरिद गर्न चाहने बैंक तथा वित्तीयले पाँच प्रतिशतभन्दा माथि ब्याज कबुल गर्नुपर्ने हुन्छ।
अन्तर बैंक ब्याज दरलाई सीमामा ल्याउन रिपो जारी गरेको हो।
हाल अन्तर बैंक ब्याज दर ५.३४ प्रतिशत रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुनकर भट्टले जानकारी दिए।
हाल बैंकहरू तरलता अभावमा छट्पट्टी रहेका छन्।
— नागरीक
FACEBOOK COMMENTS