काठमाडौं, फागुन ४ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ । सोमबार ९२.४२ अंकले दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।नेप्सेका अनुसार आज १५.५० अंकले नेप्से बढेर दुई हजार छ सय १ दशमलब ५१ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि बेरमै नेप्से २६ सय ३१ विन्दु पार गरेको थियो ।
त्यस्तै, आज नेप्सेमा १० अर्ब ३ करोड ५४ लाख बरोबरको कारोबार भएको छ । सोमबार पनि १० अर्ब बढीको कारोबार भएको थियो ।त्यसैगरि, आज कारोबार भएका १२ समूहमध्ये ४ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ ।
FACEBOOK COMMENTS