काठमाण्डौं– बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपालआइकन २०१८ हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समूहका यूवायूवतीहरुले प्रतियोगीतामा प्रतिस्पर्घा गर्न सक्नेछन् ।
शनिबार हाडिगाउँ स्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भएको छ । करीब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जनामहिला गरी जम्मा ८ जना प्रतियोगी छनौट भएकाछन् ।
अडिसनमा निर्णायकहरु मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्गकि मिडिया, सेल्स एण्ड बिजिनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल , लोकप्रीय गायीका रेखाथापा र बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.कि प्रवन्धनिर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धिले सामना गर्नुपर्ने आयोजकले जनाएको छ ।
दोस्रो चरणको अडिसन २०७५ असोज ६ग ते टेकु स्थित बिजिनेज पार्कको मसला कटेजमा हुने बताईएको छ । अडिसन करिब ३ हप्तासम्म चल्नेछ ।
अडिसनबाट करिब २५ जना महिला र २५ जना पुरुषको छनौट गरी तालिम शुरु गरीने बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.कि प्रवन्धनिर्देशक गोमा अधिकारी धिताल ले बताइन् ।
उनले कार्यक्रमकी अफिसियल कोरीयोग्राफीमिस् उषा खड्गी रहने र प्रतियोगीताका बिजेता ले एक÷एकलाखनगद र स्मार्ट टि भि प्राप्तगर्ने बतइन् ।
त्यस्तै २ जनाबिजेताहरुले अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा भागलिन पाउनेछन । साथै ४ जना बिजेताहरुले पेन्टागन कलेजमा बिबिएस वा बिएसडब्लुमा पुर्ण छात्रवृद्धि प्राप्तगर्नेछन् बताइन् ।
FACEBOOK COMMENTS