काठमाडौं, साउन १६। १८ औँ ‘श्रृजनशील उद्यमी मेला २०७६’ आजबाट सुरु भएको छ। महिला श्रृजनशील केन्द्रको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला आजदेखि सुरु भएको हो। प्रदर्शनी हलमा सञ्चालन भएको यस मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबाट भएको हो। आजबाट सुरु भएर ५ दिन सम्म सञ्चालन संचालन भएको यस मेलालाई तीज महोत्सव २०१९ नाम दिइएको छ ।
महिलाहरुको आत्मविश्वास बढाएर, क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाई श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउने उद्देश्यले यो मेलाको आयोजना गरेको महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् । ‘२००२ सालबाट सुरु गरेको यस मेला सुरु गर्ने बेलामा उद्यमशील महिलाहरु एकदमै न्यून रहेको अवस्था थियो। त्यसबेला महिलाहरु घरबाट बाहिर निस्कन नसक्ने अवस्था थियो। मेला सुरुवात गर्दाको पहिलो वर्ष मेलामा भाग लिन आउने महिलाहरु थोरै संख्यामा थिए।’ अहिले १८ वर्षमा आइपुग्दा उद्यमशील र उद्यमी महिलाको संख्या बढेको बताउँदै महिला श्रृर्जनशील केन्द्रले ५०० जना उद्यमशील र १०० जना महिला उद्यमी भएर विभिन्न महिलालाई जागिर दिन सक्ने भएको अध्यक्ष थापाले जानकारी दिइन् ।
संस्करणको मेलामा २ सय भन्दा बढी महिला उद्यमी तथा सहयोगी संघ संस्थाहरुको सहभागिता रहने छ । मेलामा २०० वटा स्टलहरु रहनेछन भने १० वटा स्टल भने केहि शिप भएका र आर्थिक स्थिती कम्जोर भएका महिलाहरुका लागि राखिएको आयोजकले जानकारी दिए। १ लाख भन्दा बढि मानिसहरुले प्रत्यक्ष रुपमा मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । महिला श्रृर्जनशील केन्द्रको यस महोत्सवबाट उठेको केही रकम शिप भएर पनि आर्थिक अवस्था कम्जोर भएका पिछडिएका महिला र र विभिन्न महिला संघ संस्थालाई सहयोग गर्ने आयोजकले बताए।
यस वर्षदेखि उक्त मेला मेला प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यहि श्रावण १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा श्रावण ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
FACEBOOK COMMENTS