काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
१९ लाख ७७ हजार ३०० कित्तामा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई, ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । का लागि छुट्याइएको छ ।
प्रति कित्ता सय रुपैयाँका दरले न्यूनतम १० देखी अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
आईपीओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन पाएने छ ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ दिएको छ । यो भनेको मध्यम जोखिम खालको हो ।
FACEBOOK COMMENTS