औषधिको कच्चा पदार्थमा १ अर्ब ५६ करोड र तयारी औषधि खरिदमा ५ अर्ब १४ करोड रुपैयाँ बाहिरियो
काठमाडौँ — लकडाउनयता तीन महिनामा सवा खर्ब रुपैयाँबराबरको अत्यावश्यक वस्तु आयात भएको छ । चैत ११ देखि असार १० सम्म १ खर्ब ६४ अर्ब १२ करोड रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा ३ लाख ७० हजार २ सय ८६ मेट्रिक टन खाद्यान्न र १ लाख ९ हजार २ सय ६ मेट्रिक टन तरकारी भित्रिएको छ । गेडागुडीरदलहन ९२ हजार २ सय ५४ मेट्रिक ंटन आएको छ । ‘पछिल्ला दिनमा आयात क्रमिक सुधार हुँदै गएको छ,’ भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले भने, ‘आपूर्तिको अवस्था सहज नै छ ।’
खाद्यान्न, तरकारी र दलहनबाहेक फलफूल र दुग्ध पदार्थको आयात पनि बढेको छ । लकडाउनका तीन महिनामा ४३ हजार ९ सय ६३ मेट्रिक टन फलफूल आयात भएको विभागको तथ्यांक छ । विगतको तुलनमा फलफूल आयातमा भने केही कमी आएको छ । गत डिसेम्बरमा चीनमा कोरोना देखिएपछि संक्रमण फैलिने डरले केही दिन आयात बन्द थियो ।
अहिले आयात पुनस् सुरु भएको छ । ०७५र७६ मा ११ लाख ७८ हजार ३ सय ५२ मेट्रिक टन फलफूल उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ०७४र७५ को तुलनामा उत्पादन सामान्य बढे पनि माग धान्न सक्दैन । जसले गर्दा आयातमै निर्भर हुनुपर्ने बाध्यता भएको कृषि मन्त्रालयका कर्मचारी बताउँछन् । स्वदेशीमा पर्याप्त उत्पादन नभएपछि प्रायस् फलफूल आयात गरिन्छ । फलफूल मुख्यतस् चीन र भारतबाट आयात हुन्छ । दुग्ध क्षेत्रमा अर्बौं रुपैयाँ डम्प भएको मन्त्रालयको भनाइ छ । दुग्ध विकास संस्थान र निजी डेरीहरूले उत्पादन गरेको बटर र धूलो दूध बिक्री नहँुदा किसानले समयमै भुक्तानी पाएका छैनन् । तर तीन महिनामा ११ हजार ५ सय ८८ मेट्रिक टन दुग्ध पदार्थ आयात देखिन्छ ।
औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ १ अर्ब ५६ करोड रुपैयाँको आयात भएको छ । तयारी औषधि खरिदमा ५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ । इन्धन आयातमा पनि रोकावट भएको छैन । तीन महिनाको अवधिमा १ लाख १ हजार ५ सय ८८ मेट्रिक टन ग्यास भित्रिएको छ । यो सामान्य दिनसरह नै हो । निगमका अनुसार ग्यास मासिक ३५ देखि ४० हजार टन आयात हुन्छ । यस्तै १ लाख ८२ हजार ९ सय २८ किलोलिटर डिजेल आयात भएको छ । लकडाउनमा सार्वजनिक यातायात सञ्चालन बन्द भए पनि तराईमा खेतीपातीका लागि ट्रयाक्टरमा पेट्रोलियम पदार्थ बढी खपत भएको निगमले जनाएको छ ।
तीन महिनाको अवधिमा ८० हजार ३ सय ७१ किलोलिटर पेट्रोल आयात भएको छ । इन्धन आयात भए पनि समग्र कारोबार भने उत्साहजनक छैन । लकडाउनले इन्धनको कारोबार १५ प्रतिशतमा झरेको थियो । पछिल्लो दिनमा आर्थिक गतिविधि बढ्न थालेपछि इन्धनको खपत पुनस् बढ्दै गएको निगमले जनाएको छ । इन्धनको माग बढेपछि सबै डिपो नियमित रूपमा खुल्न थालेका छन् ।
FACEBOOK COMMENTS