काठमाडौं – १ अमेरिकी डलर किन्न नेपाली ११८ रुपैयाँ खर्चिनु पर्ने भएको छ ।
डलर मजवुत हुदै गएपछि नेपाली रुपैयाँ कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११८ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो ।
अमेरिकी डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो ।
डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ । बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ ।
FACEBOOK COMMENTS