काठमाडौं – १ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।
ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ ।
कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु रु. १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।
सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।
यस कम्पनीबाट रु.१ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईनेछ ।
FACEBOOK COMMENTS