१ कात्तिक, काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनए को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।
महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी ९११६३०, अर्जुनकुमार श्रेष्ठ ९१०२७०, सोनाम लामा ९८९८० र आचार्य समूहका मन केसी ९९६१० विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।
यस्तै २ सचिवमा गौरीराज जोशी ९९१६० र आरकेशर्मा ९८६८० विजयी भएका छन् ।
कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ ९१६५३० मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल ९११८४० विजयी भएका छन् ।
महिला संयोजकमा भोमादेवी लिम्बु ९७०२०, युवा संयोजकमा हिमाल गुरुङ ९७६८० विजयी भएका छन् ।
मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध
मध्यपूर्व र अफ्रिका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् ।
मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।
महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।
यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ
यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ ९२१७० विजयी भएका छन् । अन्य २ जना उम्मेदवार पराजित भएका छन् ।
दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने ९१९८० र पारसमणि पोखरेल ९१९५० विजयी भए ।
महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।
अमेरिका क्षेत्रको संयोजकमा त्रिपाठी
अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी ९१५४० विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल ९१५०० विजयी भए ।
महिला संयोजकमा उमा कार्की थापा ९१४४० विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।
ओेसेनियाको संयोजकमा पाण्डे
ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे ९१०५० विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् ।
उपसंयोजकमा नवीन कंडेल ९१०७० विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।
महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।
युरोप क्षेत्रको संयोजकमा आचार्य
युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य ९२७४० विजयी भएका छन् ।
FACEBOOK COMMENTS