काठमाण्डौं– २०औं पोखरा सडक महोत्सव शुक्रबारदेखि पोखरा फेवाताल किनारमा सुरु भएको छ।
रेबान पोखराको आयोजनामा सुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले पोखरामा कम्तीमा १० वटा पाँचतारे सुविधा सम्पन्न होटन निर्माण गर्न व्यवसायीलाई सुझाए।
अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत र २०१८ लाई विदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिंगारिएको छ।
नयाँ वर्षमा पोखराका सबै होटलका कोठा बुक भइसकेको व्यवसायीले बताए।
नयाँ वर्ष मनाउन पोखरामा विदेशी नागरिक मात्र नभई पछिल्लो समय नेपालीको आगमन पनि बढेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
– अन्नपुर्ण
FACEBOOK COMMENTS