काठमाडौं, मंसिर ४ –एरिसक्सन रिसर्चले विश्वव्यापी ५–जी बजारको बारेमा हालै रिपोर्ट जारी गरेको छ । रिपोर्टका अनुसार २०३० सम्म विश्वभरीको ५–जी उपभोक्ता बजार ३१ लाख करोड डलर सम्म पुग्न सक्ने बताइएको छ ।
रिपोर्टका अनुसार आगामी १ दसकको अवधिमा केवल डिजिटल सर्भिस रेभेन्यूबाट सीएसपी कम्पनीको कमाई १३१ अर्ब डलर सम्म बढ्न सक्छ । यद्यपि कम्पनीको कुल आयको लगभग ४० प्रतिशत हिस्सा ५–जी ग्राहकमा निर्भर हुनेछ ।
कोरोना महामारीबाट प्रभावित पर्सनल फाइनान्स र प्राथमिकतालाई पनि दर्साइएको छ । जसमा ५–जी ग्राहक सेवाबाट प्रिमियम भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार २०१९ को सुरुमा औसत ग्राहकले ५–जीका लागि २० प्रतिशत प्रिमियमको भुक्तानी गरेका थिए । जुन २०२०को अन्त्यि सम्ममा घटेर १० प्रतिशत तल झरेको थियो ।
FACEBOOK COMMENTS