काठमाडौं,मंसिर २३ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा ५४ केजी तौल समूहमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् ।
उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा पराजित गरिन्। नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो ।
नेपालले २०५६ सालमा काठमाडौंमा भएको साग खेलपछि स्वर्ण जित्न सकेको थिएन् । उक्त खेलमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।
FACEBOOK COMMENTS