काठमाण्डौँ — विकासशील राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको काठमाडौंमा भएको २१औं अन्तर्राष्ट्रिय बिमा सम्मेलन बुधबार सम्पन्न भएको छ ।
दुईदिने सम्मेलनमा बिमाको पहुँच र लागत घटाउन प्रविधिको प्रयोगलाई ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत् गर्दै बिमा विज्ञहरुले प्रविधिको प्रयोगले बिमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमा शुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताएका थिए ।
२२औं सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सम्मेलनले गरेको छ ।
FACEBOOK COMMENTS