काठमाडौं, १७ वैशाख – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ३२५९ जना छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १४११ जना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा ३२४ जना, प्रदेश २ मा ३०९ जना, गण्डकी प्रदेशमा ८१ जना कर्णाली प्रदेशमा १३६ जना र सुदूरपश्चिम प्रदेशमा १३७ जना संक्रमित थप भएका छन् ।
तथ्यांकका आधारमा बागमती प्रदेश कोरोना भाइरसको मुख्य केन्द्र र लुम्बिनी प्रदेश दोस्रो केन्द्र बनेको छ ।
FACEBOOK COMMENTS