काठमाडौं, जेठ ८ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये प्रदेश १ मा १,१०४ जना, प्रदेश २ मा ५७४ जना, बागमती प्रदेशमा ३,८७३ जना, गण्डकी प्रदेशमा ३६९ जना, लुम्बिनी प्रदेशमा १,०३२ जना, कर्णाली प्रदेशमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १,०२३ जना छन् ।
कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
आज प्रदेश १ को इलाममा ४४, उदयपुरमा , खोखलढुंगामा ७२, खोटाङमा ४९, झापामा ३४४, ताप्लेजुङमा २, तेह्रथुममा ०, धनकुटामा १८, पाँचथरमा ०, भोजपुरमा ७, मोरङमा ३२५, सङ्खुवासभामा ५५, सुनसरीमा १६० र सोलुखुम्बुमा २० जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा १०२, पर्सामा ७७, बारामा १६२, महत्तोरीमा २७, रौतहटमा ४२, सप्तरीमा ११२, सर्लाहीमा ४० र सिरहामा १२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा १,८११ काभ्रेपलाञ्चोकमा ५२५, चितवनमा १५५, दोलखामा १४, धादिङमा १७३, नुवाकोटमा १४२, भक्तपुरमा १७९, मकवानपुरमा १८७, रसुवामा १०, रामेछापमा ३ जना, ललितपुरमा ३२८, सिन्धुपाल्चोकमा १६५ र सिन्धुलीमा १०१ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा १६६, गोर्खामा ५६, तनहुँमा ५९, नवलपरासी पूर्वमा २८, पर्वतमा ७, मनाङमा ०, मुस्ताङमा ०, म्याग्दीमा २, लमजुङमा १६, बागलुङमा २ र स्याङ्जामा ३३ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ५२, गुल्मीमा ८४, दाङमा १०९, नवलपरासी पश्चिममा ७८, पाल्पामा १०७, प्युठानमा ५, बर्दियामा ५२, बाँकेमा १७९, रुकुमपूर्वमा ०, रुपन्देहीमा २५५ र रोल्पामा ८१ जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा २०, जाजरकोटमा १, जुम्लामा १२, दैलेखमा ७२, मुगुमा ०, रुकुमपश्चिममा १५, सल्यानमा १४०, सुर्खेतमा ३५३ र हुम्लामा ३ जना संक्रमित थपिएका छन् ।
र, सुदूरपश्चिम प्रदेशको अछाममा ८६, कञ्चनपुरमा १४८, कैलालीमा ६६१, डडेल्धरामा २६, डोटीमा २५, दार्चुलामा ५४, बझाङमा ०, बाजुरामा ३ र बैतडीमा २० जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा २,३१८ जनासहित बागमती प्रदेशमा थपिए ३,८७३ नयाँ संक्रमित
थप ८,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५ लाख
शनिबार १२९ जना संक्रमितको मृत्यु, ८,८४८ जना डिस्चार्ज
FACEBOOK COMMENTS