काठमाडौं, वैशाख ३० – बहुमतीय सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समय घर्किंदै जाँदा पनि नयाँ सरकार गठनको कुनै छाँट देखिएको छैन । यसबाट विपक्षीहरुले सरकार बनाउने सम्भावना समेत टर्ने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यसो त नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र स्वयम् नै बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेका छन् । जो वर्तमान सरकार ढालेर जतिसक्दो चाँडो आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहान्थे ।
सत्ता गठबन्धनको मुख्य भूमिकामा रहेको जसपाले करिब करिब पूर्ण साथ नदिएपछि र नेकपा एमालेभित्रका असन्तुष्ट पक्षहरुबीच सहमतिको प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनको सम्भावना न्यून बन्दै गएको हो ।
यद्यपि, एमालेका अध्यक्ष एवं प्रधानमन्त्री शर्मा ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्षपछि भने थप अवस्था क्लियर हुने नेताहरुले बताएका छन् ।
FACEBOOK COMMENTS