काठमाडौं, चैत ९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अप्पर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
FACEBOOK COMMENTS