काठमाडौं, साउन २४ – नेपाल आयल निगमले झन्डै २५ अर्ब रुपैयाँ लागतमा दुई दर्जन परियोजना बनाउन तयारी थाल्ने भएको छ ।
निगमले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रमअनुसार परियोजनाको काम अगाडि बढाउने तयारी थालेको हो ।
आवश्यक कर्मचारी व्यवस्थापन गर्न देशभरका डिपो प्रमुखहरु समेत हेरफेर गरिएको छ । नयाँ प्रोजेक्टलाई आवश्यक इन्जिनियर र प्रशासनिकका आधारमा प्रमुखको सरुवा गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजनाका केही टेन्डर भइसकेका छन्।
FACEBOOK COMMENTS