काठमाडौं । कृषि विभागका अनुसार अहिलेसम्म १३ लाख ७१ हजार ७०६ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । यो भनेको २७.१२ प्रतिशत हो । अहिलेसम्म २७.१२ प्रतिशत धान रोपाइ हुँदा सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश–२ मा १०.५५ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै प्रदेश १ मा १७.९९ प्रतिशत, बागमतीमा २१.०७ प्रतिशत, गण्डकीमा १५.३४ प्रतिशत लुम्बिनी प्रदेशमा ४५.९४ प्रतिशत र सुदूरपश्चिममा ४८.३१ प्रतिशत धान रोपाइँ सकिएको छ ।
विभागका अनुसार उच्च पहाडमा ३३.४८ प्रतिशत, मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ धान रोपाइँ भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निकै कमी हो । गत वर्षको सोही अवधिमा ३५.४७९ प्रतिशत धान रोपाइ भएको थियो । जसमा उच्च पहाडी क्षेत्रमा यही अवधिमा ४०.७२, मध्य पहाडी क्षेत्रमा ३७.९५२ प्रतिशत, तराईको क्षेत्रमा ३४.३४४ प्रतिशत धान रोपाइ भएको थियो ।
FACEBOOK COMMENTS