लहान, कात्तिक १३ – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।
लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो ।
विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट रु १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट रु तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट रु तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट रु एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट रु ९७ हजार ८८८, जनता मावि बाखरबाट रु एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट रु एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट रु एक लाख १२ हजार ८४७, मावि पिप्राबाट रु ८३ हजार, मावि पडरियाबाट रु ६४ हजार २७५ बक्यौता असुल्न बाँकी रहेको छ ।
FACEBOOK COMMENTS