काठमाडौँ, कात्तिक १३ – बाँकेमा २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरेका छन्।
‘जुवाको ठूलो अखडामा प्रहरीले गए राति छापा मार्दा २९ लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ,’ एसएसपी बैदवारले भने ‘बाँके प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई आजै सार्वजनिक गर्दै छ।’
FACEBOOK COMMENTS