काठमाडौं, जेठ २० – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार उच्च अंकको बृद्धि आएको छ । आज नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ ।
आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये चार वटा समूह बाहेक अन्य समूह बढेका छन् । आज तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै, आज पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पञ्चकन्यामाईको शेयरमूल्य आज ५.९२ प्रतिशतले घटेको छ भने राधीको शेयरमूल्य आज ५.०६ प्रतिशतले घटेको छ।
यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS