काठमाडौं, मंसिर ५ – सरकारले बाराको निजगढमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना निर्माणको जिम्मा सिजी इन्फ्राटा/बिडिए जेभीलाई दिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले टेन्डरमा सहभागी भएकामध्ये सबैभन्दा कम रकम कबोल गर्ने र प्राविधिक रुपमा बलियो देखिएको कम्पनी सिजी इन्फ्राटा/बिडिए जेभीलाई दिने भएको हो।
प्राधिकरण स्रोतका अनुसार दुई पक्षीय वार्ता (नेगोसिएसन) सकिएपछि उक्त कम्पनीलाई लेटर अफ इन्टेन्टसमेत जारी गरेको छ। प्रधिकरणले ३० करोड रुपैयाँको लागतमा गुरुयोजना बनाउने जिम्मा सो कम्पनीलाई दिएको हो।
FACEBOOK COMMENTS