काठमाडौं, जेठ ४ – मंगलबार नेपालमा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै भन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका मानिस छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३० देखि ३९ वर्ष उमेर समूका १,९९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २० देखि २९ वर्ष उमेर समूहका १,८३७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ४० देखि ४९ वर्ष उमेर समूहका १,४३८ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १,०४२ जना, ६० देखि ६९ वर्ष उमेर समूहका ६२२ जना र १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका २६१ जना, ० देखि ९ वर्ष उमेर समूहका १७१ जना, ८० देखि ८९ वर्ष उमेर समूहका १११ जना र ९० देखि १०० वर्ष उमेर समूहका २० जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार उमेर समूह पहिचान नभएका अन्य १३४ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS