काठमाडौं, फागुन १४ – झापा जिल्लाको कनकाई नगरपालिका(३ सुरुङ्गा टप्पु क्षेत्रमा ३१ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । सिता नाम गरेकी ति महिलालाई कनकाई नगरपालिका ४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर घाईते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले लोकपथलाई बताए । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए ।
बलात्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS