काठमाडौं, १४ कात्तिक – देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय १८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ६ हजार २ सय १०, प्रदेश २ मा १ हजार २०, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय ६०, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS