काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि विशेष छुट प्याकेज ल्याएको छ । बैंकले कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “३७ डेज अफ ह्याप्पिनेश” अफर ल्याएको हो । यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
FACEBOOK COMMENTS