काठमाडौं- सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट सेक्युरिटी प्रेस राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्टक्चर जडानको तयारीमा जुटेको छ ।
केन्द्रले इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्टक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आब्हान गरेको छ । आउदो कात्तिक ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ । प्रेस राख्नअघि आवश्यक इलेक्ट्रिक पावर र इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि काम सुरु गरिएको केन्द्रका खरिद अधिकृत मनिक महर्जनले बताए । सेक्युरिटी प्रेस राख्न अघिको पुर्वतयारी भएको उनले बताए ।
सेक्युरिटी प्रेस राख्न विशेष किसिमको विद्युत आपूर्ति प्रणाली आवश्यक पर्ने भएकाले पहिलो चरणमा यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाई ।
पुर्वाधार जडानपछि सेक्युरिटी प्रेसका लागि बोलपत्र आब्हान हुने महजर्नले जानकारी दिए । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए ।
सेक्युरिट प्रेसले कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्ने छ ।
FACEBOOK COMMENTS