काठमाडौँ — काठमाडौंमा सरकारले तीन सय विद्युतीय बस चलाउने भएको छ ।
यसै साता बसेको मन्त्रिपरिषद् बैठकले सरकारले आफ्नै लगानीमा कम्तीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
‘विद्युतीय परिवनहनलाई बढावा दिने नीति अनुसार सरकारले ठुला सवारी साधनमा जोड दिएको उनले बताए ।
मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS