काठमाडौं, चैत ४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । चन्द्रागीरी हिल्स, जोशी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, युनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS