काठमाडौं, पुस २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ४१.२४ अंकले बढेर दुई हजार दुई सय ३५ दशमलब ७२ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ साल पुस २३ गते बिहिबार दुई हजार एक सय एक सय ९७ दशमलब ०८ विन्दमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
नेप्सेका अनुसार त्यस्तै, आज ६ अर्ब ३२ करोड बढीको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एक वटा समूह घटेको छ भने अन्य सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS