काठमाण्डौँ — मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् ।
सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुयाउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् ।
सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुयाई वित्तीय पहुँच पुयाउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुयाएर वित्तीय पहुँच पुयाउने लक्ष्य राखिएको छ ।
— नागरीक
FACEBOOK COMMENTS