काठमाडौँ, पुस ६ – प्रहरीले रौतहटको हर्शहाबाट ठगीको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ७ हर्शहाबाट प्रहरीले २८ वर्षीय अनिल कुमार पटेललाई पक्राउ गरेको हो । अनिलमाथि ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पटेललाई थप अनुसन्धानको लागि अदालतबाट ७ दिनको म्याद थपि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS